एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न, ५२.५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा भदौ ११ गते मंगलबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण […]

Aug 28, 2024 - 08:31
 0
एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न, ५२.५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा भदौ ११ गते मंगलबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको हो ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड भन्दा बढी आम्दानी गरी रु.१२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register