इजरायली सेनाले गर्‍यो एकैपटक प्यालेस्टाइनको ४ शहरमा आक्रमण

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनको वेस्ट बैंक एकै पटक ४ शहरमा आक्रमण सुरु गरेको छ । इजरायली सेनाले जेनिन, तुलकर्म, नाब्लस र तुबास शहरमा एकैपटक हमला गरेको बीबीसीले जनाएको छ । आतंक सखाप पार्न आतंकवादविरोधी अभियान चलाएको इजरायली सुरक्षा बलले जनाएको छ । इजरायली सेनाले सञ्चालनमा ल्याएको यस अभियानलाई बृहत रुपमा हेरिएको छ । शहरको […]

Aug 28, 2024 - 08:43
 0
इजरायली सेनाले गर्‍यो एकैपटक प्यालेस्टाइनको ४ शहरमा आक्रमण

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनको वेस्ट बैंक एकै पटक ४ शहरमा आक्रमण सुरु गरेको छ ।

इजरायली सेनाले जेनिन, तुलकर्म, नाब्लस र तुबास शहरमा एकैपटक हमला गरेको बीबीसीले जनाएको छ । आतंक सखाप पार्न आतंकवादविरोधी अभियान चलाएको इजरायली सुरक्षा बलले जनाएको छ ।

इजरायली सेनाले सञ्चालनमा ल्याएको यस अभियानलाई बृहत रुपमा हेरिएको छ । शहरको शरणार्थी शिविरमा भएको सशस्त्र झडपका कारण जेनिनको मुख्य सडक बन्द गरिएको छ ।

यस्तै, इजरायली हवाई आक्रमणले एक गाँउमा भएको वाहनलाई पनि निशाना बनाएको छ ।

इजरायली सेनाले जेनिनको अस्पतालमा प्रवेश गर्नुको साथै तुलकर्ममा २ अस्पताल बन्द पनि गरेको छ । इजरायली सेनाले नब्लसमा मारेको छापामा २ शरणार्थी शिविरलाई निशाना बनाएको छ । इजरायली ड्रोन आक्रमणपश्चात तुबासमा एम्बुलेन्स जान पनि समस्या भएको छ ।

इजरायली सेनाले आन्तरिक सुरक्षा सेवाको समन्वयमा आतंकवादविरुद्ध अभियान चलाएको बताएको छ ।

यसअघि, इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा परी ११ प्यालेस्टिनीको मत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुले जनाएको थियो ।

अल–फारा शरणार्थी शिविरमा ५ जनाको मृत्यु भएको र ६ जना जेनिनमा भएको ड्रोन आक्रमण र सशस्त्र झडपमा परी मृत्यु भएको बीबीसीले जनाएको छ ।

वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register