कचनकवल–३ का वडा सदस्य राजवंशीको निधन, कचनकवलमा शोक बिदा

बनियानी, १२ भदौ । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ । राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । राजवंशी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको [...] The post कचनकवल–३ का वडा सदस्य राजवंशीको निधन, कचनकवलमा शोक बिदा appeared first on Jhapa Online.

Aug 28, 2024 - 08:52
 0
कचनकवल–३ का वडा सदस्य राजवंशीको निधन, कचनकवलमा शोक बिदा

बनियानी, १२ भदौ । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ ।

राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

राजवंशी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको आज जातीय परम्परा अनुसार स्थानीय आमबाडी घाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यता, कचनकवल गाउँपालिकाले वडा सदस्य राजवंशीप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले जानकारी दिनुभयो । गाउँपालिकाले एउटा असल जनप्रतिनिधि गुमाएकाले शोक बिदा दिइएको उहाँले बताउनुभयो ।

The post कचनकवल–३ का वडा सदस्य राजवंशीको निधन, कचनकवलमा शोक बिदा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register