दुई नाबालिका हत्या प्रकरण : यसरी फेला परिन् बिर्तामोडमा अस्मिता पौडेल

झापा, १९ भदौ । श्रीमानसँग विवादपछि दुई नाबालिका छोरी लिएर बेत्तपा भएकी मोरङको सुन्दरहरैंचा–७ की अस्मिता पौडेल सिकिस्त अवस्थामा फेला परेकी छन् । गत शुक्रबार बेपत्ता भएकी उनको छोरी शनिबार स्थानीय केरा बगानमा मृत फेला परेका थिए । प्रहरीले अस्मितालाई बुधबार बिहान बिर्तामोडमा फेला पारेको हो । उनको अवस्था नाजुक भएकाले उपचारका लागि कोशी अस्पताल [...] The post दुई नाबालिका हत्या प्रकरण : यसरी फेला परिन् बिर्तामोडमा अस्मिता पौडेल appeared first on Jhapa Online.

Sep 4, 2024 - 06:38
 0
दुई नाबालिका हत्या प्रकरण : यसरी फेला परिन् बिर्तामोडमा अस्मिता पौडेल

झापा, १९ भदौ । श्रीमानसँग विवादपछि दुई नाबालिका छोरी लिएर बेत्तपा भएकी मोरङको सुन्दरहरैंचा–७ की अस्मिता पौडेल सिकिस्त अवस्थामा फेला परेकी छन् । गत शुक्रबार बेपत्ता भएकी उनको छोरी शनिबार स्थानीय केरा बगानमा मृत फेला परेका थिए ।

प्रहरीले अस्मितालाई बुधबार बिहान बिर्तामोडमा फेला पारेको हो । उनको अवस्था नाजुक भएकाले उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको छ । मृत फेला परेका दुई नाबालिका छोरीहरूको शव पोष्टमार्टमपछि अस्मिताका श्रीमान् अर्जुन कार्कीले सदगद् गरिसकेका छन् ।

नाबालिकाको हत्यामा अस्मिताकै संलग्न रहेको अनुमान प्रहरीको छ । शव भेटिएको ठाउँ नजिकै अस्मिताको मोबाइल फेला परेको थियो । बिर्तामोड बजारमा केही स्थानीयले उनलाई मंगलबार राती बास माग्दै गरेको अवस्थामा देखेको जनाएका छन् ।

The post दुई नाबालिका हत्या प्रकरण : यसरी फेला परिन् बिर्तामोडमा अस्मिता पौडेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register