अर्थ समितिको एक वर्ष, के-के भए काम ?

काठमाडौं । संघीय संसद्‌अन्तर्गत गठित समितिहरूको सभापति चयन भएको एक वर्ष पूरा भएको छ । यसैअन्तर्गत अर्थ समितिले पनि एक वर्ष पार गरेको छ । अर्थ समितिको गठन २०८० वैशाख १५ गते भएको थियो भने पहिलो बैठक २०८० जेठ २ गते बसेको थियो । हालसम्म अर्थ समितिको ३१ वटा बैठक बसिसकेको छ । समितिका सभापति […]

Aug 28, 2024 - 10:59
 0
अर्थ समितिको एक वर्ष, के-के भए काम ?

काठमाडौं । संघीय संसद्‌अन्तर्गत गठित समितिहरूको सभापति चयन भएको एक वर्ष पूरा भएको छ ।

यसैअन्तर्गत अर्थ समितिले पनि एक वर्ष पार गरेको छ । अर्थ समितिको गठन २०८० वैशाख १५ गते भएको थियो भने पहिलो बैठक २०८० जेठ २ गते बसेको थियो ।

हालसम्म अर्थ समितिको ३१ वटा बैठक बसिसकेको छ । समितिका सभापति सन्तोष चालिसे ०८० भदौ ११ गते निर्विरोध निर्वाचित भएका थिए, र समितिको दशौं बैठकमा उनले पदभार ग्रहण गरेका थिए ।

सभापति चालिसेका अनुसार समितिले नेपाल सरकारका विभिन्न निकायहरू, स्वशासित संस्थाहरू, र अन्य सम्बन्धित पक्षहरूसँग छलफल गरी महत्वपूर्ण निर्णय र निर्देशनहरू जारी गरेको छ ।

अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, र नेपाल बैंकर्स संघ लगायतका संस्थाहरूले समितिको निर्देशनहरू पालन गरिरहेका छन् ।

समितिमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, भन्सार विधेयक, र बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयकलगायतका विधेयकहरू छलफलका लागि पेश भएका छन् । समितिले दफावार छलफल गर्ने तयारी गरिरहेको छ ।

समितिमा प्राप्त ४६ उजुरीहरूलाई छानबिन गर्न सभापति चालिसेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिले हालसम्म ४ वटा बैठक बसी सम्बन्धित निकायहरूबाट आवश्यक विवरण मागेको छ ।

समितिले कार्यक्षेत्र सम्बन्धी विभिन्न चुनौतीहरू सामना गरिरहेको छ । समान विषयमा विभिन्न समितिले फरक आयामबाट छलफल गर्ने र निर्णय प्रक्रिया अवरोधमा परेको पाइएको छ ।

बजेट अभाव, कार्यालय समयमा बाहिर बैठक बस्दा कर्मचारीले सामना गर्ने कठिनाइ, र बैठक हल सानो हुनु समितिका अन्य प्रमुख समस्या रहेको चालिसे बताउँछन् ।

समितिले आगामी बैठकहरूमा विधेयकमाथि छलफल गर्न र भन्सार अनुगमन गर्न प्राथमिकता दिने योजना बनाएको छ । समितिको वर्तमान चुनौतीहरू समाधान गर्न समन्वय बढाउने र कार्यक्षेत्रलाई स्पष्ट पार्न समिति लागिपरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register