सरकारलाई जसपाले सम्झायो टुँडिखेलको नाराबाजी, भन्यो- बेलैमा सचेत नभए आँधी आउँछ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले बिनाकाम दिन मात्रै काटिरहेको टिप्पणी गरेको छ । बुधबार बसेको संसद् बैठकको विशेष समयमा बोल्दै जसपा नेपालका सांसद राजकिशोर यादवले सरकारले गफ मात्रै ठूलो गर्ने तर, काम नगरी दिन मात्रै कटाउने गरिरहेको टिप्पणी गरे । “यो सरकार बन्दै गर्दा जनतामा एउटा भरोसा देखिन्थ्यो तर, आजसम्म आउँदा त्यो देखिँदैन […]

Aug 28, 2024 - 10:47
 0
सरकारलाई जसपाले सम्झायो टुँडिखेलको नाराबाजी, भन्यो- बेलैमा सचेत नभए आँधी आउँछ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले बिनाकाम दिन मात्रै काटिरहेको टिप्पणी गरेको छ ।

बुधबार बसेको संसद् बैठकको विशेष समयमा बोल्दै जसपा नेपालका सांसद राजकिशोर यादवले सरकारले गफ मात्रै ठूलो गर्ने तर, काम नगरी दिन मात्रै कटाउने गरिरहेको टिप्पणी गरे ।

“यो सरकार बन्दै गर्दा जनतामा एउटा भरोसा देखिन्थ्यो तर, आजसम्म आउँदा त्यो देखिँदैन । गफचाहिँ ठूला-ठूला गर्ने तर, कामचाहिँ नगर्ने, दिनमात्रै काट्ने भयो,” सांसद यादवले भने, “सरकार टिकटक खोल्नमा मात्रै व्यस्त भयो ।”

उनले सरकाले नै संविधानको पालना नगरेको बताए । खासगरी राजदूत सिफारिसमा सरकारले संविधानको पालना नगरेको उनले बताए । उनले सोधे, “सरकारले संविधानको पालना गर्नुपर्छ कि पर्दैन ?”

अगाडि उनलेभने, “हामीले संविधान लेख्दा त्यसको मूल मर्म समानुपातिक-समावेशी भनेका थियौँ । तर, राजदूतहरू सिफारिसमा त्यो देखिएन । बरु एकल जातीय, सांस्कृतिक र पहिचान झल्किनेगरी सिफारिस गरिएको छ । सरकारले संविधान मान्दैन भने जनताले पनि मान्दैनौँ भन्यो भने के गर्ने ?”

उनले सरकारको नेतृत्व गर्ने नेताहरूलाई बेलैमा सचेत हुन सुझाए । “म गम्भीर ध्यानाकर्षण गर्दछु, टुँडिखेलमा सङ्केत मिलिसकेको छ । त्यो सङ्केतलाई समयमा बुझ्न सकिएन भने त्यसपछि आउने दुर्घटनाको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन,” उनले भने ।

यसअघि गत शनिबार गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति गएका थिए । उनीहरूविरुद्ध नाराबाजी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register