साफ यू–२० : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं । साफ यू–२० फुटबलको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । यससँगै बंगलादेशले साफ यू–२० को उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ । बंगलादेशले उमेर समूहको प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो । बंगलादेशका […]

Aug 28, 2024 - 11:59
 0
साफ यू–२० : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं । साफ यू–२० फुटबलको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । यससँगै बंगलादेशले साफ यू–२० को उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ ।

बंगलादेशले उमेर समूहको प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो ।

बंगलादेशका लागि मिराजुलले दुई तथा राहुल र नोभाले एक-एक गोल गरे । नेपालका लागि भने समिर तामाङले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिराजुलले गोल गरे । ५४औं मिनेटमा मिराजुलले बंगलादेशका लागि दोस्रो गोल गरे । ७०औं मिनेटमा राहुलले गोल गरे । इन्जुरी समयमा नोभाले बंगलादेशका लागि थप एक गोल गरे ।

नेपालका लागि खेलको ७९औं मिनेटमा समिरले गोल फर्काए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register