‘निगमले विदेशी कम्पनीबाट कमिसन लिएर आफ्नो जहाज पार्किङमा थन्कायो’

काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशी जहाज कम्पनीबाट कमिसस लिएर आफ्नो जहाज पार्किङमा राखेको भन्दै सांसदहरुले संसद्‌मा प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद मनीष झाले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । निगमले अरु विदेशी एयरलाइन्सबाट कमिससन लिएर आफ्ना जहाज नचाएर पार्किङमा थन्काएर राखेको झाको भनाइ छ । उनले निगमको जहाज […]

Aug 29, 2024 - 09:23
 0
‘निगमले विदेशी कम्पनीबाट कमिसन लिएर आफ्नो जहाज पार्किङमा थन्कायो’

काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशी जहाज कम्पनीबाट कमिसस लिएर आफ्नो जहाज पार्किङमा राखेको भन्दै सांसदहरुले संसद्‌मा प्रश्न उठाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद मनीष झाले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

निगमले अरु विदेशी एयरलाइन्सबाट कमिससन लिएर आफ्ना जहाज नचाएर पार्किङमा थन्काएर राखेको झाको भनाइ छ । उनले निगमको जहाज उड्दा दैनिक ५ करोड रुपैयाँ घाटा भइरहेको भन्दै यसमा निगमको नेतृत्वको कमजोरी भएको बताए ।

यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरीको विषयमा प्रश्न उठाए । उनले प्राधिकरणका महानिर्देशकको विषयमा संसद्ले निर्णय गर्न उनले माग गरे ।

साथै, सांसद बजगाईँले महानिर्देशक प्रदीप अधिकारीमाथि विमानस्थलमा यात्रुको झोलामा अवैध सामान राखिदिएर फसाउने गरेको आरोपसमेत लगाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register