विन लघुवित्तको कागजात लुटियो, कर्मचारी भन्छन्- ‘गाडी रिजर्भ गरेर महिलाको हुल आयो, कागजात सबै लुटेर भाग्यो’

काठमाडौँ । विन लघुवित्त वित्तीय संस्थाको कागजात लुटपाट भएको छ । मंगलबार काभ्रेको भुन्लु गाउँपालिकामा रहेको विन लघुवित्तको कागजात लुटिएको हो । लघुवित्तका कर्मचारीका अनुसार अचानक ठूलो जत्थासहित आएको महिलाहरुको समूहले लघुवित्तमा प्रवेश गरी सम्पूर्ण कागजात लिएर गएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका मान्छे हौँ भन्दै उनीहरुले दादागिरी शैलीमा लघुवित्तको कागाजात लुटेर गरेको […]

Aug 28, 2024 - 13:03
 0
विन लघुवित्तको कागजात लुटियो, कर्मचारी भन्छन्- ‘गाडी रिजर्भ गरेर महिलाको हुल आयो, कागजात सबै लुटेर भाग्यो’

काठमाडौँ । विन लघुवित्त वित्तीय संस्थाको कागजात लुटपाट भएको छ । मंगलबार काभ्रेको भुन्लु गाउँपालिकामा रहेको विन लघुवित्तको कागजात लुटिएको हो ।

लघुवित्तका कर्मचारीका अनुसार अचानक ठूलो जत्थासहित आएको महिलाहरुको समूहले लघुवित्तमा प्रवेश गरी सम्पूर्ण कागजात लिएर गएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका मान्छे हौँ भन्दै उनीहरुले दादागिरी शैलीमा लघुवित्तको कागाजात लुटेर गरेको लघुवित्तका एक कर्मचारीले बताएका छन् ।

‘उहाँहरु एकाएक आउनुभयो, कार्यालयमा छिरेर भकाभक फाइलहरु झिकेर लैजानुभयो ।’, ती कर्मचारीले भने, ‘रोक्ने प्रयास गरेका हौँ तर उहाँहरु धेरैजना हुनुहुन्थ्यो । कुटिने डरले रोक्न सकेनौँ ।’

ती कर्मचारीका अनुसार उनीहरु एउटा ‘पिकअप भ्यान’ (गाडी) नै रिजर्भ गरेर आएका थिए । दादागिरी शैलीमा कार्यालय प्रवेश गरेका उनीहरुले कर्मचारीलाई थर्काउँदै, कार्यालयमा तोडफोड गरेर कागजात सबै सोही गाडीमा हालेर लिएर गरेको कर्मचारीले बताएका छन् । यसरी लघुवित्तको कागजात लुटपाट गरेर लैजाने काभ्रे लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समितिका व्यक्तिहरुका भएको पाइएको छ ।

हाल लघुवित्तको कागजात लुटपाटमा संलग्न संघर्ष समितिका ११ जनालाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले बताएकी छिन् । एसपी खड्काका अनुसार उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

‘लघुवित्तको कागजात लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एसपी खड्काले भनिन्, ‘उनीहरुमाथि म्याद थप भएर अनुसन्धान हुँदैछ, कानूनअनुसार कारबाही हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register