सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, तोलामै पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्यमा पुन: नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर नयाँ रेकर्ड  कायम भएको हो । आइतबार प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार तीन सय रुपैयाँमा […]

Sep 16, 2024 - 06:20
 0
सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, तोलामै पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्यमा पुन: नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर नयाँ रेकर्ड  कायम भएको हो ।

आइतबार प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३४ हजार ८ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register