छ वटा सवारी एकआपसमा ठोक्किँदा चार जना घाइते

झापा, १२ भदौ । तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको छ । बन्दिपुर गाउँपालिका–१ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा आज दिउँसो यात्रुबाहक बसको ब्रेक फेल हुँदा भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दमौलीतर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै [...] The post छ वटा सवारी एकआपसमा ठोक्किँदा चार जना घाइते appeared first on Jhapa Online.

Aug 28, 2024 - 15:24
 0
छ वटा सवारी एकआपसमा ठोक्किँदा चार जना घाइते

झापा, १२ भदौ । तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको छ ।

बन्दिपुर गाउँपालिका–१ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा आज दिउँसो यात्रुबाहक बसको ब्रेक फेल हुँदा भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दमौलीतर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग३ख १३९० नम्बरको ट्रकमा ठोक्किएको थियो । ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग३च ८३९० नम्बरको बलेरोलाई ठक्कर दियो भने उक्त बलेरो गाडी फेरि सोही दिशामा जाँदै गरेको ग१ख ९५६१ नम्बरको बसमा ठोक्किएको हो ।

यस्तै उक्त बसले फेरि ना१च ८४३४ नम्बरको बलेरो तथा उक्त बलेरोले ना२ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा ग३च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, वलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कडेल र ना१च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन् । घाइते सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

The post छ वटा सवारी एकआपसमा ठोक्किँदा चार जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register