जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय 

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।  यसअघि अधिकांश स्थानीय तहले भूउपयोगी नीति नबनाउँदा जग्गाको कित्ताकाट रोकिएर समस्या सृजना भएको थियो । पछि सरकारले एक वर्षको समयावधि दिएर सम्पूर्ण पालिकालाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो ।  तर, अधिकांश पालिकाहरुले सरकारको […]

Sep 10, 2024 - 03:51
 0
जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय 

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो । 

यसअघि अधिकांश स्थानीय तहले भूउपयोगी नीति नबनाउँदा जग्गाको कित्ताकाट रोकिएर समस्या सृजना भएको थियो । पछि सरकारले एक वर्षको समयावधि दिएर सम्पूर्ण पालिकालाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो । 

तर, अधिकांश पालिकाहरुले सरकारको उक्त निर्देशन अटेर गर्दै जग्गा वर्गीकरण नगरेपछि समस्या सृजना भएको थियो । हाल सरकारले जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको छ ।

नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि जग्गा कित्ताकाट गर्न पाउनेछन् । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले पनि बैठकबाट एक वर्षका लागि कित्ताकाट खुला गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register