गौरीफन्टाको स्तरन्नोति र क्रिकेट मैदान बनाउन माेदीलाई आग्रह गरेकी छु : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन् । उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको धनगढी-गौरीफन्टा […]

Aug 28, 2024 - 15:47
 0
गौरीफन्टाको स्तरन्नोति र क्रिकेट मैदान बनाउन माेदीलाई आग्रह गरेकी छु : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताएकी छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन् ।

उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको धनगढी-गौरीफन्टा नाकाको स्तरोन्नति गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन् ।

‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ,’ देउवाले भनिन् ।

उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई धनगढी-गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताइन् ।

‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु। यस नाकाले नेपाल र भारतको व्यापार व्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु। त्यो सबै कुरा भारतलाई लिखित रूपमा बुझाउन भनेको छु,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री देउवाले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताइन् । ‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीका विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ,’ उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register