जनजाति नेत्रहीन संघ झापाको तेस्रो साधारणसभामा पूर्व उपाध्यक्ष सम्मानित

शिवसताक्षी, २ असोज । नेपाल आदिबासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्य समिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा चौधौ स्थापना दिवस सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा कार्यक्रम गर्दै नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको हो । मेन्याङबोलाई योगदानमा आधारित सम्मान पत्र प्रदान गरिएको [...] The post जनजाति नेत्रहीन संघ झापाको तेस्रो साधारणसभामा पूर्व उपाध्यक्ष सम्मानित appeared first on Jhapa Online.

Sep 18, 2024 - 14:49
 0
जनजाति नेत्रहीन संघ झापाको तेस्रो साधारणसभामा पूर्व उपाध्यक्ष सम्मानित

शिवसताक्षी, २ असोज । नेपाल आदिबासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्य समिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा चौधौ स्थापना दिवस सम्पन्न गरेको छ ।

आज शिवसताक्षीको दूधेमा कार्यक्रम गर्दै नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको हो । मेन्याङबोलाई योगदानमा आधारित सम्मान पत्र प्रदान गरिएको संस्थाका अध्यक्ष भोजराज तामाङले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु भएको कार्यक्रममा अधिकांश बक्ताहरुले राज्यले दृष्टिविहीनहरुलाई उपेक्षा गरेको बताए । कार्यक्रममा बोल्दै संस्थाको कोषाध्यक्ष अविरल लिम्बुले कम्तिमा पनि दृष्टिविहीनहरुलाई सरकारले रातो कार्डको व्यवस्था गर्नु पर्ने बताए ।

हाम्रो हात खुट्टा छन् । तर मुख्य हेर्ने आँखा छैन । त्यसैले रातो कार्डको व्यवस्था गर्न सरकार सँग माग गरे । उनले कतिपय हाम्रा साथीहरु बजारमा गीत गाएर पेट पाल्नु पर्ने अवस्था छ । उनले भने, हामीलाई माया दया होइन अवसरको खाँचो छ । उनले नेपाल नेत्रहीन जिल्ला कार्य समिति झापालाई ३ थान कुर्सी प्रदान समेत गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले शिवसताक्षीमा दृष्टिविहीनहरुको तथ्यांक संकलन गरेर नगरपालिकामा बुझाउन आग्रह गरेकी छिन् । नगरपालिकाका सँग पूर्ण तथ्यांक छैन । तथ्यांक नभएका कारणले दृष्टिविहीन नागरिक लक्षित कार्यक्रम गर्न समस्या भएको उनको भनाई थियो । उनले नगरपालिकाले दृष्टिविहीनहरुलाई हिड्नका लागि साहराको रुपमा रहेको छडी नगरपालिकाले वितरण गर्दै आएको जानकारी दिइन् ।

साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर मा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मानविकी संकाय तेस्रो वर्षमा अध्ययनरत दृष्टिविहीन सुरेस लिम्बुलाई छात्रबृत्ती प्रदान गरिएको छ । पाथिभरा समुदायिक बन उपभोक्ता समूहका अध्यक्ष घनेन्द्र तुम्बापोले नगद ९ हजार छात्रबृत्ति प्रदान गरेका छन् ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति नेत्रहिन संघ र लाइफ लाइन अस्पताल दमक बीच भएको सम्झौताका बारेमा जानकारी गराइएको थियो । दमक लाइफ लाइन अस्पतालले नेत्रहिन संघको सदस्यता कार्ड आधारमा दृष्टिविहीनहरुलाई उपचारमा ३० प्रतिशत छुट गरिदिने भएको छ ।

दृष्टिविहीनहरुलाई वर्षमा एक पटक निशुल्क स्वास्थ्य शिविर चलाउने र त्यसको व्यवस्थापनमा नेपाल नेत्रहिन संघले सहयोग गर्ने गरी सम्झौता भएको अध्यक्ष तामाङ्गले जानकारी दिए । कार्यक्रममा ज्ञानबहादुर इङबुङ, सुमित्रा वाङदेल, विरबहादुर रसाईली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

The post जनजाति नेत्रहीन संघ झापाको तेस्रो साधारणसभामा पूर्व उपाध्यक्ष सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register