आर्थिक वर्षको डेढ महिना सकिएपछि बजेटको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार धमाधम बजेटको तयारीमा जुटेको छ । बजेट बिहीन अवस्था अन्त्य गर्नका लागि चालु आर्थिक वर्षको बजेट निर्माणमा सरकार जुटेको हो । चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले गत असार १ गते बजेट पेश गरेको थियो । केन्द्रमा फेरिएको राजनीतिक समीकरणको प्रताडनका कारण प्रदेशसभामा प्रस्तुत भएको बजेट पास हुन सकेन । […]

Aug 29, 2024 - 04:19
 0
आर्थिक वर्षको डेढ महिना सकिएपछि बजेटको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार धमाधम बजेटको तयारीमा जुटेको छ । बजेट बिहीन अवस्था अन्त्य गर्नका लागि चालु आर्थिक वर्षको बजेट निर्माणमा सरकार जुटेको हो ।

चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले गत असार १ गते बजेट पेश गरेको थियो । केन्द्रमा फेरिएको राजनीतिक समीकरणको प्रताडनका कारण प्रदेशसभामा प्रस्तुत भएको बजेट पास हुन सकेन ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले गत असारमा प्रस्तुत भएको बजेटलाई संशोधन गरेर नयाँ बजेट ल्याउन लागेको सरकारले जनाएको छ । मन्त्रालयले प्रदेश सरकारका मन्त्रालयलाई बजेटको सिलिङसमेत पठाएको छ । आर्थिक मामिला मन्त्रालयले सरकारको प्राथमिकताअनुसार मन्त्रालयगत बजेट निर्माण गर्न परिपत्र समेत जारी गरिसकेको छ ।

अघिल्लो सरकारले प्रस्तुत गरेकोभन्दा बजेटको आकार घटाउने तयारी गरिएको एकमन्त्रीले बताए । तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नेतृत्वमा रहेको सरकारले ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो ।

नेकपा(एमाले)ले सरकारलाई साथ नदिएपछि बजेट, विनियोजन र राजस्व संकलनसम्बन्धी विधेयक पास हुन सकेन । गत साउन १ गतेदेखि प्रदेश बजेट बिहीन अवस्थामा रहेको छ ।

नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित सरकारले साउन तेस्रो साता समसामयिक राजस्व संकलनसम्बन्धी अध्यादेश ल्याएर राजस्व संकलन गरे पनि खर्चको पाटो भने अझै सम्म ठप्प छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register