‘इ-क्याब’ नेपालको सेवा लुम्बिनी प्रदेशमा विस्तार

काठमाडौँ । अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ-क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इ-क्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो । सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरू हुने सेवा बापत चालकहरूले कमिसन तिर्न नपर्ने मण्डलले बताए । कम्पनीले विद्यार्थीहरूलाई […]

Aug 29, 2024 - 06:23
 0
‘इ-क्याब’ नेपालको सेवा लुम्बिनी प्रदेशमा विस्तार

काठमाडौँ । अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ-क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इ-क्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो ।

सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरू हुने सेवा बापत चालकहरूले कमिसन तिर्न नपर्ने मण्डलले बताए ।

कम्पनीले विद्यार्थीहरूलाई लक्षित गरी ‘बाइक हाम्रो, आम्दानी तपाईंको’ सेवासमेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कम्पनीले विद्यार्थीलाई बाइक उपलब्ध गराउने र आम्दानी बाँडफाँड गर्ने उनले बताए ।

विभिन्न देशबाट नेपाल यात्रा गर्ने यात्रुहरूले अनलाइनमार्फत नै ‘स्यड्युल बुक’ गरेर एयरपोर्टमै प्राइभेट ट्याक्सी उपलब्ध गरिने सुविधा समेत इ-क्याबमा रहेको छ ।

त्यस्तै, इ-क्याब नेपालमार्फत काठमाडौं उपत्यकाभर पार्सल डेलिभरीको समेत सुविधा छ । पार्सल डेलिभरीका लागि कम्पनीले म्याड एड एजेन्सीसँग सहकार्य गरेको मण्डलले जानकारी दिए ।

इक्याब नेपालमा हालसम्म १० हजार भन्दा बढी ट्याक्सीहरू आबद्ध भइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register