बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर एक लाख ५३ हजार २ […]

Aug 29, 2024 - 06:11
 0
बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर एक लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३१ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register