नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो । यस समितिको सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको […]

Aug 29, 2024 - 07:11
 0
नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।

यस समितिको सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा उर्जा उद्येमी कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् ।

समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाएको छ ।

काठमाडौंको जमल स्थिति चेम्बर अफ कमर्शको आफ्नै कार्यालयमा भएको समारोहमा कमर्शका अध्यक्ष कमलेश अग्रवालले समितिका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register