उकालोमा ब्रेक नलागेपछि पछाडि फर्किएर दुर्घटनामा पर्‍यो एमजी जेड एस ईभी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ । बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । सवारीधनी तथा गाडी चालक विशाल कट्टेल सकुशल रहेको र दुर्घटनाबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

Aug 29, 2024 - 07:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register