‘दशैँ खर्चकै लागि बजारमा सेलिङ प्रेसर आउँदैन’- जय शम्भो

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले चाडबाडमा सेलिङ प्रेसर आउँछ भन्नु गलत भएको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘सेयरबाणी’मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  थापाले दशैँ नजिकिएसँगै अहिले धेरैले चाडवाडमा सेलिङ प्रेसर आउँछ, बजार घट्छ भनिरहेको भए पनि वास्तवमा दशैँ खर्चकै कारण बजारमा सेलिङ प्रेसर नआउने बताएका […]

Sep 15, 2024 - 03:12
 0
‘दशैँ खर्चकै लागि बजारमा सेलिङ प्रेसर आउँदैन’- जय शम्भो

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले चाडबाडमा सेलिङ प्रेसर आउँछ भन्नु गलत भएको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘सेयरबाणी’मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

थापाले दशैँ नजिकिएसँगै अहिले धेरैले चाडवाडमा सेलिङ प्रेसर आउँछ, बजार घट्छ भनिरहेको भए पनि वास्तवमा दशैँ खर्चकै कारण बजारमा सेलिङ प्रेसर नआउने बताएका छन् । 

‘दशैँमा सेयर बेचेर कसैले पनि घरजग्गा किन्दैन । दशैँमा सेयर बेच्ने भनेको जुत्ता किन्न, लुगाकपडा किन्न वा प्लेन टिकट जोहो गर्न हो । १५-२० करोडको पोर्टफोलियो भएको लगानीकर्तालाई दशैँ खर्च निकाल्न सेयर नै बेच्न पर्छ र ?’, थापाले भने, ‘त्यसैले दशैँमा प्रफिट बुक गर्दा बजारमा सेलिङ प्रेसर आउँछ भन्नु गलत हो । दशैँ खर्चले बजार प्रभावित हुँदैन ।’ 

तर, केही हदसम्म चाडबाडमा लगानीकर्ता व्यस्त हुने र अन्य समयको तुलनामा कम ट्रेडिङ हुन्छ भन्ने चाहिँ सत्य रहेको भन्दै थापाले इन्भेष्ट गर्नेका लागि यो सही समय भएको पनि बताएका छन् । थापासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register