कति छ आईसीसीका नयाँ अध्यक्ष जय शाहको सम्पत्ति ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षमा जय शाह निर्वाचित भएका छन् । ३५ वर्षीय शाह निर्विरोध निर्वाचित भएका हुन् । शाह हाल आईसीसीको वित्त तथा वाणिज्य उपसमितिको सदस्य पनि छन् । उनले आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेको ठाउँमा जे डिसेम्बर १ मा अध्यक्षको पदभार ग्रहण गर्नेछन् । उनी यो पदमा पुग्ने सबैभन्दा कान्छो क्रिकेट […]

Aug 29, 2024 - 07:27
 0
कति छ आईसीसीका नयाँ अध्यक्ष जय शाहको सम्पत्ति ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षमा जय शाह निर्वाचित भएका छन् । ३५ वर्षीय शाह निर्विरोध निर्वाचित भएका हुन् ।

शाह हाल आईसीसीको वित्त तथा वाणिज्य उपसमितिको सदस्य पनि छन् ।

उनले आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेको ठाउँमा जे डिसेम्बर १ मा अध्यक्षको पदभार ग्रहण गर्नेछन् ।

उनी यो पदमा पुग्ने सबैभन्दा कान्छो क्रिकेट प्रशासकसमेत हुन् ।

शाह यो पदमा पुग्ने पाँचौं भारतीय हुन् । उनीअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहर आईसीसी अध्यक्ष भइसकेका छन् ।

उनी भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित शाहको छोरासमेत हुन् । सम्पत्तिको कुरा गर्दा उनी १२४ करोडका मालिक हुन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव बनेको पाँच वर्षपछि उनी आईसीसीको अध्यक्ष बनेका हुन् ।

त्यसअघि उनी सन् २०१३ मा गुजरात क्रिकेट एशोसिएसनको सचिव थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register