कामना सेवा विकास बैंकद्वारा ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो । उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो । बैंकका […]

Aug 29, 2024 - 07:35
 0
कामना सेवा विकास बैंकद्वारा ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।

उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो ।

बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो ।

उक्त साक्षरता कार्यक्रममा बोल्दै कलेजका प्रमुख सन्जय कुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए ।

योसँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register