‘आर्थिक सुधारको आधार तयार हुँदैछ’ -ढकाल

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा बताएका थिए । भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू […]

Sep 10, 2024 - 07:07
 0
‘आर्थिक सुधारको आधार तयार हुँदैछ’ -ढकाल

 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा बताएका थिए ।

भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराएका थिए । ढकालले सरकार, निजि छेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हाते मालो गरेरआर्थिक वृद्धिलाई प्रबर्द्धन गर्न सकिने बताए ।

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए । ढकालले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण साबित भएको जानकारी दिए ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा इएसजी (इन्भारोमेन्ट, सोसल, एण्ड गभर्नेन्स) कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए । ढकालले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र मकहासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरे ।

भेटको क्रममा फाखौरीले सार्वजनिक-निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register