मेसी इन्टर मियामीको प्रशिक्षणमा उपस्थित

काठमाडौं । फुटबल स्टार लियोनल मेसी इन्टर मियामीको समूह प्रशिक्षणमा उपस्थित भएका छन् । कोपा अमेरिकाको फाइनल सकिएको ६ सातापछि बुधबार मेसीले समूह प्रशिक्षण सुरु गरेका हुन् । यद्यपि, मियामीका लागि मेसीले कहिले खेल्नेछन् भन्ने अझै स्पष्ट छैन । मियामीले शनिबार शिकागो भ्रमण गर्दैछ । मेसी अर्जेन्टिनाले सेप्टेम्बरको सुरुमा हुने विश्वकप छनोट खेल्न टोलीमा छैनन् […]

Aug 29, 2024 - 07:55
 0
मेसी इन्टर मियामीको प्रशिक्षणमा उपस्थित

काठमाडौं । फुटबल स्टार लियोनल मेसी इन्टर मियामीको समूह प्रशिक्षणमा उपस्थित भएका छन् ।

कोपा अमेरिकाको फाइनल सकिएको ६ सातापछि बुधबार मेसीले समूह प्रशिक्षण सुरु गरेका हुन् ।

यद्यपि, मियामीका लागि मेसीले कहिले खेल्नेछन् भन्ने अझै स्पष्ट छैन । मियामीले शनिबार शिकागो भ्रमण गर्दैछ । मेसी अर्जेन्टिनाले सेप्टेम्बरको सुरुमा हुने विश्वकप छनोट खेल्न टोलीमा छैनन् ।

उनले यो सिजन मियामीका लागि १२ एमएलएस खेलमा १२ गोल र १३ असिस्ट गरेका छन् ।

जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा मेसीले कोलम्बियाविरुद्ध खेलेका थिए । खुट्टाको समस्याका कारण फाइनलमा पनि मेसी पूरा समय खेल्न सकेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register