ठमेल पर्यटन विकास परिषद् प्रमुख सल्लाहकारमा थपलिया

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले पूर्वअध्यक्ष डा. रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधबार आयोजित एक समारोहबीच परिषद्को प्रमुख सल्लाहकारमा डा. थपलियालाई सल्लाहकारको रूपमा परिषदकी पूर्वउपाध्यक्ष गीता गुरुङ र कमल भण्डारीलाई बधाई तथा शुभकामनासहित औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरिएको हो । गत साउन ७ गते सम्पन्न परिषद्को बैठकले विगत […]

Sep 13, 2024 - 05:20
 0
ठमेल पर्यटन विकास परिषद् प्रमुख सल्लाहकारमा थपलिया

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले पूर्वअध्यक्ष डा. रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधबार आयोजित एक समारोहबीच परिषद्को प्रमुख सल्लाहकारमा डा. थपलियालाई सल्लाहकारको रूपमा परिषदकी पूर्वउपाध्यक्ष गीता गुरुङ र कमल भण्डारीलाई बधाई तथा शुभकामनासहित औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरिएको हो ।

गत साउन ७ गते सम्पन्न परिषद्को बैठकले विगत लामो समयदेखि पर्यटकीय नगरी ठमेल क्षेत्रको वृद्धि विकास सँगसँगै सिङ्गो मुलुककै पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थपलियालाई प्रमुख सल्लाहकार र पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै आएकी गुरुङ र भण्डारीलाई सल्लाहकारको रूपमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

परिषद्को विधान २०४७ (पाँचौँ संशोधन २०७२ सहित) को दफा १६ अनुसार प्रमुख सल्लाहकार र सल्लाहकार मनोनीत गरिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।

सोही अवसरमा पूर्वमन्त्री तथा गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङेलाई विशेष सम्मान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register