देउवालक्षित भीम रावलको टिप्पणी – मञ्चबाटै गाली गर्नु मौलिक अधिकारको उल्लङ्घन

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गर्नु मौलिक अधिकारको उल्लङ्घन भएको बताएका छन् । सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त कार्यक्रममा रावल पनि उपस्थित थिए । देउवाले […]

Aug 29, 2024 - 08:35
 0
देउवालक्षित भीम रावलको टिप्पणी – मञ्चबाटै गाली गर्नु मौलिक अधिकारको उल्लङ्घन

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गर्नु मौलिक अधिकारको उल्लङ्घन भएको बताएका छन् ।

सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त कार्यक्रममा रावल पनि उपस्थित थिए ।

देउवाले सम्बोधन गर्न मञ्चतर्फ गइरहेका देउवाविरूद्ध दर्शकदिर्घाले चर्को नारा लगाएका थिए । दर्शकदिर्घाले देउवाविरूद्ध ‘देश छोड’को नारा लगाएका थिए । विरोधकाबीच सम्बोधन गरेका देउवाले ‘यही हो संस्कृती, लाज छैन’ भन्दै झपारेका थिए ।

आफूविरूद्ध नारा लगाएपछि झपार्दै देउवाले भने- लाज छैन, बदमासहरू !

नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु मौलिक अधिकारको उल्लङ्घन भएको उनको भनाइ छ ।

नाराबाजी गर्दा पक्राउ : अधिकारकर्मी भन्छन्- सरकार तानाशाही बाटोमा लाग्यो

उनले सामाजिल सञ्जालमा लेखेका छन्, ‘टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी।जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register