गेब्रियलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्ट इन्डिजका बलर श्यानन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बुधबार तीव्र गतिका बलर गेब्रियलले आफ्नो सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् । उनले विगत १२ वर्षमा वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । निकै प्रिय खेलले आफूलाई धेरै खुसी दिएको तर, हरेक राम्रो कुराको अन्त्य हुनु पर्ने गेब्रियलले लेखेका […]

Aug 29, 2024 - 08:39
 0
गेब्रियलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्ट इन्डिजका बलर श्यानन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

बुधबार तीव्र गतिका बलर गेब्रियलले आफ्नो सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् । उनले विगत १२ वर्षमा वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

निकै प्रिय खेलले आफूलाई धेरै खुसी दिएको तर, हरेक राम्रो कुराको अन्त्य हुनु पर्ने गेब्रियलले लेखेका छन् । वेस्ट इन्डिजका लागि खेल्दा आफू र आफ्नो परिवारले पाएको अद्भुत अनुभवका लागि गेब्रियलले भगवानप्रति आभार व्यक्त गरेका छन् ।

उनले क्रिकेट वेस्ट इन्डिज, प्रशिक्षक तथा आफ्नो टोलीका सहकर्मीलाई पनि धन्यवाद दिए । सोही लगनका साथ आफ्नो देश, क्ल्ब र फ्रेन्चाइज टोलीको प्रतिनिधित्व विश्वमा गर्ने उनले बताए ।

गेब्रियलले सन् २०१२ मा वेस्ट इन्डिजसँगको आफ्नो खेल जीवन सुरु गरेका थिए । उनले वेस्ट इन्डिजका लकागि २५ एकदिवसीय, ५९ टेस्ट र २ टी–२० खेल खेलेका थिए । गेब्रियलले वेस्ट इन्डिजका लागि २०२ विकेट लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register