ओली-देउवासँगको बैठकमा प्रचण्डले भने- रिक्त संवैधानिक पदमा भोलि नै सिफारिस गरौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त संवैधानिक पदहरूमा भोलि नै सिफारिस गर्नुपर्ने धारणा राखेका छन् । बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । “बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को […]

Sep 12, 2024 - 08:19
 0
ओली-देउवासँगको बैठकमा प्रचण्डले भने- रिक्त संवैधानिक पदमा भोलि नै सिफारिस गरौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त संवैधानिक पदहरूमा भोलि नै सिफारिस गर्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।

“बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो,” प्रचण्डको सचिवालयले भनेको छ ।

शुक्रबार (भोलि) संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठकमा रिक्त संवैधानिक पदहरूमा सिफारिस गर्ने बताइएको छ ।

बैठकको पूर्वसन्ध्यामा तीन शीर्षस्थ नेताहरूबीच छलफल भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register