भारतीय कम्पनी ओएलएसको नेपालमा आधिकारिक बिक्रेता पञ्चकन्या मार्केटिङ 

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक […]

Aug 29, 2024 - 09:15
 0
भारतीय कम्पनी ओएलएसको नेपालमा आधिकारिक बिक्रेता पञ्चकन्या मार्केटिङ 

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गरेका हुन ।


सो अवसरमा बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्व स्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको र यसलाई पञ्चकन्या मार्केटिङ मार्फत प्रयोग गर्नका लागि सबैलाई आग्रह गरे ।

भारतका टप कम्पनीहरूमा पर्ने र धेरै अटो मोबाइल निर्माता कम्पनीहरूले ओईएमको रुपमा र आफ्ट मार्केटका रूपमा समेत प्रयोग गर्ने यी टुल्स र इक्विपमेन्ट नेपालमा समेत सबैले रुचाउने अपेक्षा गरे ।


अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले वर्कशपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमा मात्रै सवारी साधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने बताए ।

पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटो मोबाइल क्षेत्रमा लामो समय देखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रूपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्र्याएको बताए ।


उनले गुणस्तरीय भएकै कारण यी टुल्स र इक्विपमेन्ट सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register