आज हरितालिका तीज, शिवालयमा व्रतालुको घुइँचो (तस्वीरहरू)

काठमाडौं । आज भाद्र शुक्ल तृतीया । देशभरका हिन्दू नारीहरूले देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाउँदै छन् । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति […]

Sep 6, 2024 - 06:33
 0
आज हरितालिका तीज, शिवालयमा व्रतालुको घुइँचो (तस्वीरहरू)

काठमाडौं । आज भाद्र शुक्ल तृतीया । देशभरका हिन्दू नारीहरूले देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाउँदै छन् ।

आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

हरितालिकाको यस्तो छ व्रत कथा –

पार्वतीका पिता हिमालयले उनको इच्छा विपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्नो समस्या साथीहरूलाई सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसिन् र महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती, साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको भन्ने जनविश्वास समेत रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । यसरी यस दिनलाई हरितालिका समेत भनिँदै आइएको छ ।

तस्बिरमा हरितालिका तिजमा गोकर्णेश्वर महादेवमा भगवान् शिवको पूजा आराधना गर्दै श्रद्धालुहरू :-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register