दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर २७५९ दशमलव ५७ को विन्दुमा पुगेको छ । बिहीबार ३२२ कम्पनीका १ लाख ४६ हजार २ सय ४ पटकको कारोबारमा २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिद […]

Aug 29, 2024 - 10:31
 0
दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर २७५९ दशमलव ५७ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीका १ लाख ४६ हजार २ सय ४ पटकको कारोबारमा २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख १ हजार रुपैयाँ रहेको छ ।

५३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटाको घटेको छ भने २ वटा स्थिर रहेको छ । झिनो अंकले म्युचुअल फन्डहरु बढ्दा अन्य १२ उपसमूह राताम्मे छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register