सुनको मूल्यले फेरि बनायो रेकर्ड

काठमाडौं । शुक्रबार चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५६ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो । बिहीबारको तुलनामा आज सुन २ हजार ९ सय रूपैयाँले बढेको हो । यसअघि गत बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार […]

Sep 13, 2024 - 06:20
 0
सुनको मूल्यले फेरि बनायो रेकर्ड

काठमाडौं । शुक्रबार चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५६ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

बिहीबारको तुलनामा आज सुन २ हजार ९ सय रूपैयाँले बढेको हो ।

यसअघि गत बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ६५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register