पारस खड्का गुजरात टिममा अनुबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट टी–२० प्रतियोगिता खेल्ने भएका छन् । प्रतियोगिताको तेस्रो संस्करणमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमा उल्लेख गरेको छ । उनलाई गुजरातले साढे १२ लाख भारतीय रुपैँया […]

Aug 29, 2024 - 10:39
 0
पारस खड्का गुजरात टिममा अनुबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

प्रतियोगिताको तेस्रो संस्करणमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमा उल्लेख गरेको छ ।

उनलाई गुजरातले साढे १२ लाख भारतीय रुपैँया अर्थात नेपाली रुपैँया २० लाख रुपैँयामा अनुबन्ध गरेको हो ।

लिगको तेस्रो संस्करण सेप्टेम्बर २० मा सुरु हुनेछ । सन्यास लिएका खेलाडीहरुले खेल्ने यो लिगमा ६ टोलीको सहभागी हुनेछन् ।

प्रतियोगिता भारतको जोधपुर, जम्मु र सुरतमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल भने अक्टोबर १६ मा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register