प्रचण्डलाई एमालेको जवाफ– तपाईंकहाँ कोही पनि आउनेवाला छैन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् । मंगलबार संसदमा एमाले र कांग्रेसप्रति प्रचण्डले कडा टिप्पणी गरेपछि त्यसको प्रतिक्रियास्वरूप बास्कोटाले एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्वेलित नहुन आग्रह गरे । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “अहिले बनेको […]

Aug 29, 2024 - 10:47
 0
प्रचण्डलाई एमालेको जवाफ– तपाईंकहाँ कोही पनि आउनेवाला छैन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

मंगलबार संसदमा एमाले र कांग्रेसप्रति प्रचण्डले कडा टिप्पणी गरेपछि त्यसको प्रतिक्रियास्वरूप बास्कोटाले एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्वेलित नहुन आग्रह गरे ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “अहिले बनेको सरकारभन्दा गतिलो संख्या अरुबाट पुग्दैन । यो सरकारप्रति जनताको आशा र विश्वास छ । प्रचण्डजीले धम्कीपूर्ण प्रेम गीतको सुसेली हाल्नुभयो । ‘म कहाँ नआउ है’ भनेर, कोही पनि आउनेवाला छैन भ्रममा नबस्नु, एक्लै लड्नु ।”

प्रचण्डले सदनमा बोल्ने क्रममा कांग्रेस र एमाले अहिले मिलेपनि केही समयपछि झगडा गरेर “लौ न प्रचण्डजी” भन्दै आफूलाई फुक्र्याउन आउने बताएका थिए । त्यो बेलामा आफूकहाँ नआउन प्रचण्डले आग्रह गरेका थिए ।

संसद बैठकमै कांग्रेस महामन्त्री गगन थापाले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने प्रचण्डको भनाइप्रति आपत्ति जनाएका थिए ।

उनले भने, “पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको सुनेँ । धर्म पापमा विश्वास नभएर श्राप दिएको त पक्कै होइन होला । तर्साउनु भएको होला । तर, वेटिङ प्रधानमन्त्रीलाई बंगलादेश हुन्छ भन्ने छुट छैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register