संस्थागत क्षमता स्वमूल्यांकनमा झापामा कनकाई पहिलो

कनकाई, १३ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८५ दशमलव ५० अंकका साथ कनकाई झापाको उत्कृष्ट नगरपालिका बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते ७५३ स्थानीय तहको स्वमूल्यांकन नतिजा सार्वजनिक गरेको थियो । जसमा कनकाई नगरपालिका झापामा पहिलो बनेको हो । त्यसपछि ७७ अंकका साथ झापा गाउँपालिका दोस्रो, ७६ [...] The post संस्थागत क्षमता स्वमूल्यांकनमा झापामा कनकाई पहिलो appeared first on Jhapa Online.

Aug 29, 2024 - 10:56
 0
संस्थागत क्षमता स्वमूल्यांकनमा झापामा कनकाई पहिलो

कनकाई, १३ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८५ दशमलव ५० अंकका साथ कनकाई झापाको उत्कृष्ट नगरपालिका बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते ७५३ स्थानीय तहको स्वमूल्यांकन नतिजा सार्वजनिक गरेको थियो । जसमा कनकाई नगरपालिका झापामा पहिलो बनेको हो ।

त्यसपछि ७७ अंकका साथ झापा गाउँपालिका दोस्रो, ७६ दशमलव ५० अंकका साथ दमक नगरपालिका तेस्रो र ७५ दशमलब ७५ अंकका साथ मेचीनगर नगरपालिका चौथो भएका छन् । यसैगरी, बाह्रदशीले ७३.७५ अंक, शिवसताक्षीले ७३ अंक, भद्रपुरले ७२.२५, कमलले ७१.२५, गौरादहले ६४.२५, गौरीगञ्जले ६३, कचनकवलले ६०.७५, अर्जुनधाराले ६०.२५, विर्तामोडले ५९.५०, हल्दिबारीले ५२.२५ र बुद्धशान्तिले ४३.७५ अंक प्राप्त गरेका छन् ।

गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी गुणस्तर परीक्षण गरेर उक्त नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । यो मूल्यांकन आर्थिक वर्ष २०७९÷०८० को हो । बिगतमा उत्कृष्ट नतिजा ल्याउने गरेका बिर्तामोड यसपटक खस्किएको छ भने कनकाईले आफ्नो उत्कृष्टताको विरासत कायमै राखेको छ । मेचीनगरले भने बिगतमा खस्किने गरेको नतिजा यसपाली उल्लेख्य मात्रामा सुधार गरेको देखिन्छ ।

The post संस्थागत क्षमता स्वमूल्यांकनमा झापामा कनकाई पहिलो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register