खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

काठमाडौँ ।  नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार खेलकुदमन्त्री चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ। एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री भण्डारी भने कार्यव्यवस्तताका कारण उपस्थित हुन सकेनन् । मन्त्री भण्डारी एनओसीका सल्लाहकार समेत रहेका छन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले  नेपाली खेलकुदको […]

Aug 29, 2024 - 11:26
 0
खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

काठमाडौँ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार खेलकुदमन्त्री चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ।

एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री भण्डारी भने कार्यव्यवस्तताका कारण उपस्थित हुन सकेनन् । मन्त्री भण्डारी एनओसीका सल्लाहकार समेत रहेका छन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले  नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरे ।  कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए । उनले भने– “संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आ-आफ्नो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु ।” 

त्यसैगरी उनले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिका खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको र यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने भनाइ पनि राखे । एनओसीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबिच समन्वय हुनु आवश्यक भएकोतर्फ औँल्याए । 

त्यसैगरी एनओसीका महासयिचव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको भने । “अन्य संघले पनि कराँतको सिको गर्दै अगाडि बढ्नुपर्छ”– उनले भने । सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो । उनीहरुले मन्त्री चौधरीको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएका थिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register