प्रधानमन्त्री भन्छन् – दशरथ रंगशालाजस्तो बिग्रिएको मैदान कहिल्यै देखेको थिएन, देशकै बेइज्जत भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाजस्तो बिग्रिएको खेल मैदान आफूले कहिल्यै नदेखेको बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रंगशालामा असाध्यै हिलो भएको बताए । ‘दशरथ रंगशालाको मैदान अलि धेरै बिग्रिएको छ । ०४४ सालमा जेलबाट छुटेपछि खेलहरु हेर्ने गरेको छु । त्यहाँ जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको […]

Aug 29, 2024 - 11:35
 0
प्रधानमन्त्री भन्छन् – दशरथ रंगशालाजस्तो बिग्रिएको मैदान कहिल्यै देखेको थिएन, देशकै बेइज्जत भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाजस्तो बिग्रिएको खेल मैदान आफूले कहिल्यै नदेखेको बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रंगशालामा असाध्यै हिलो भएको बताए ।

‘दशरथ रंगशालाको मैदान अलि धेरै बिग्रिएको छ । ०४४ सालमा जेलबाट छुटेपछि खेलहरु हेर्ने गरेको छु । त्यहाँ जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान देख्या थिएन । अहिले त हिलै छ ।’ ओलीले भने ।

भुटानी क्लबसँगको खेलमा मैदानको अवस्था हेर्दा देशकै बेइज्जत भएको उनले महसुस गरे ।

उनले भने, ‘अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भएको जस्तो लाग्यो । अब यस्तो स्थिति हुनुहुँदैन । जहाँ प्याराफिट नै छैन, त्यहाँ खेल खेलाएर दर्शकलाई देखाउन सक्यौँ ।’

दशरथ रंगशालामा खेलबाहेकका गतिविधि हुन नहुने उनको भनाइ छ । ‘अरु खेलहरु खेल्नु छ भने सोहीअनुसारको मैदान तयार गर्नुपर्छ । मिसयूज भएको कारण दशरथ रंगशालाको हालत यस्तो भयो ।’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register