मलयालममा ‘मीटू’ : बुवाले गरेको यौन दुर्व्यवहारबारे बोलिन् अभिनेत्री सुन्दर

काठमाडौं । दक्षिण भारतको मलयालम फिल्म इन्डस्ट्रीमा नायिकाहरूमाथि हुने अत्याचारका नयाँ घटनाहरू प्रकाशमा आइरहेका छन् । तीन सदस्यीय न्यायमूर्ति हेमा समितिको २३५ पृष्ठको प्रतिवेदन सार्वजनिक भएपछि मलयालम चलचित्र उद्योगमा भूकम्प गएको छ । यो रिपोर्ट गत हप्ता सार्वजनिक गरिएको थियो, जसमा फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरूले आफूमाथि यौन दुर्व्यवहार गरेको धेरै अभिनेत्रीहरूले आरोप लगाइरहेका छन् । यसैबीच […]

Aug 29, 2024 - 13:15
 0
मलयालममा ‘मीटू’ : बुवाले गरेको यौन दुर्व्यवहारबारे बोलिन् अभिनेत्री सुन्दर

काठमाडौं । दक्षिण भारतको मलयालम फिल्म इन्डस्ट्रीमा नायिकाहरूमाथि हुने अत्याचारका नयाँ घटनाहरू प्रकाशमा आइरहेका छन् । तीन सदस्यीय न्यायमूर्ति हेमा समितिको २३५ पृष्ठको प्रतिवेदन सार्वजनिक भएपछि मलयालम चलचित्र उद्योगमा भूकम्प गएको छ ।

यो रिपोर्ट गत हप्ता सार्वजनिक गरिएको थियो, जसमा फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरूले आफूमाथि यौन दुर्व्यवहार गरेको धेरै अभिनेत्रीहरूले आरोप लगाइरहेका छन् ।

यसैबीच भारतीय जनता पार्टीकी नेतृ एवं अभिनेत्री खुश्बु सुन्दरले फिल्म उद्योगमा महिलामाथि हुने अत्याचारका बारेमा खुलेरै आफ्नो धारणा व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘फिल्म उद्योगमा व्याप्त ‘मीटू’ ले तपाईंलाई तोड्छ । फिल्म उद्योगमा काम गर्ने महिलाले कुनै पनि हालतमा सम्झौता गर्न हुँदैन ।’

उनले थप लेखेकी छन्, ‘बलात्कारका घटना रोक्न हेमा समितिको आवश्यकता थियो । तर, के यसले दुर्व्यवहार गर्न, यौनको पक्षमा माग गर्न र महिलासँग सम्झौताको अपेक्षा गर्न रोक्छ ? यो हरेक क्षेत्रमा हुन्छ । महिला मात्रै किन एक्लै यस्तो पीडा भोग्ने ? पुरुषलाई पनि यस्तो हुन्छ ? यो पीडा सहने महिलाहरू हुन् ।’

सुन्दरले बुवाले गरेको यौन उत्पीडनको बारेमा प्रतिक्रिया दिएकी छिन् ।

उनले भनिन्, ‘कतिपयले मलाई सोध्छन्- किन बुवाको दुर्व्यवहारको बारेमा बोल्न यति लामो समय लाग्यो ? मैले पहिले नै बोल्नुपर्छ भन्नेमा मलाई लाग्थ्यो तर, ममाथि जे भयो त्यो मेरो करियर बनाउनको लागि सम्झौता थिएन । म लड्दा मलाई समर्थन गर्न सबैभन्दा बलियो हात उपलब्ध गराउन सक्ने व्यक्तिको हातबाट मैले दुर्व्यवहार भोगें ।’

सुन्दरले गत वर्ष आफ्ना पिताले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन् । उनले आफू १५ वर्षको हुँदा बुवाविरुद्ध विद्रोह गर्न थालेको बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register