अमेरिकासहित १० देशले गरे टीआरसीको स्वागत, सोधे- हामीले के सहयोग गर्नुपर्छ ?

काठमाडौं । बिहीबार प्रमाणीकरण भएको नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) को अमेरिकासहित १० देशले स्वागत गरेका छन् । विधेयक प्रमाणीकरण भएपछि संयुक्त विज्ञप्ति जारीगर्दै १० युरोपियन देशहरूले आफूहरूले गर्नुपर्ने सहयोगमा प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । “भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता […]

Aug 29, 2024 - 13:31
 0
अमेरिकासहित १० देशले गरे टीआरसीको स्वागत, सोधे- हामीले के सहयोग गर्नुपर्छ ?

काठमाडौं । बिहीबार प्रमाणीकरण भएको नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) को अमेरिकासहित १० देशले स्वागत गरेका छन् ।

विधेयक प्रमाणीकरण भएपछि संयुक्त विज्ञप्ति जारीगर्दै १० युरोपियन देशहरूले आफूहरूले गर्नुपर्ने सहयोगमा प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।

“भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,” विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको बताएका छन् ।

हस्ताक्षरकर्ता देशहरू- 

१. संयुक्त राज्य अमेरिका
२. स्विजरल्याण्ड
३. अस्ट्रेलिया
४. संयुक्त अधिराज्य बेलायत
५. नर्वे
६. जापान
७. फिनल्याण्ड
८. युरोपियन युनियन
९. जर्मनी
१०. फ्रान्स

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register