भारतमा अर्वपतिहरुको संख्या २९ प्रतिशतले बढ्यो, चीनमा २५ प्रतिशतले घट्यो !

काठमाडौँ । भारतीय अर्वपतिको पछिल्लो सूची सार्वजनिक भएको छ । हारुन रिच लिस्टमा सार्वजनिक भएका कुल ३३४ अर्वपतिको सूचीमा अदानी ग्रुपका अध्यक्ष गौतम अदानी पहिलो स्थानमा भने रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी छन्। भारतीय संचारमाध्यम इकोनोमिक टाइम्सका अनुसार हारुन भारतले कुल १ हजार ५३९ जना अति धनी व्यक्तिहरूको पहिचान गरेर सूची सार्वजनिक गरेको हो । हारुनले […]

Aug 29, 2024 - 14:07
 0
भारतमा अर्वपतिहरुको संख्या २९ प्रतिशतले बढ्यो, चीनमा २५ प्रतिशतले घट्यो !

काठमाडौँ । भारतीय अर्वपतिको पछिल्लो सूची सार्वजनिक भएको छ । हारुन रिच लिस्टमा सार्वजनिक भएका कुल ३३४ अर्वपतिको सूचीमा अदानी ग्रुपका अध्यक्ष गौतम अदानी पहिलो स्थानमा भने रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी छन्।

भारतीय संचारमाध्यम इकोनोमिक टाइम्सका अनुसार हारुन भारतले कुल १ हजार ५३९ जना अति धनी व्यक्तिहरूको पहिचान गरेर सूची सार्वजनिक गरेको हो । हारुनले सार्वजनिक गरेको प्रतिवेदनमा भारतमा गत वर्ष हरेक ५ दिनमा एक नयाँ अर्बपति बन्न सफल भएको उल्लेख छ, जसलाई भारतको आर्थिक स्थितिको प्रगतिका रुपमा पनि विश्लेषण गरिएको छ ।

यता चीनमा भने अर्वपतिहरुको संख्या २५ प्रतिशतले घटेको इकोनोमिक टाइम्सले जनाएको छ । चीनमा अर्वपतिहरुको संख्या ह्वात्तै घट्दा भारतमा भने अर्वपतिको संख्या २९ प्रतिशतले बढेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register