अन्तराष्ट्रिय सौर्य गठबन्धनको १०१औं सदस्य राष्ट्र बन्यो नेपाल

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१औं सदस्य राष्ट्र बनेको छ । भदौ २४ गते सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो । यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो । ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम […]

Sep 11, 2024 - 12:19
 0
अन्तराष्ट्रिय सौर्य गठबन्धनको १०१औं सदस्य राष्ट्र बन्यो नेपाल

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१औं सदस्य राष्ट्र बनेको छ । भदौ २४ गते सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको बताइएको छ ।

सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register