सभापति देउवाले गरे कोइरालाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा, प्रजातन्त्र सेनानी एवं कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको बिहीबार ८५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले स्तब्ध र दुखित बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले […]

Aug 29, 2024 - 14:43
 0
सभापति देउवाले गरे कोइरालाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा, प्रजातन्त्र सेनानी एवं कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोइरालाको बिहीबार ८५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले स्तब्ध र दुखित बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका  छन् ।

कांग्रेसले सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा कोइरालाले निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । विसं २०४८ देखि २०५२ सम्म उनी पाल्पा जिल्लाको सभापति थिए । उनी विसं २०१५ मा युवा कांग्रेस पाल्पाको अध्यक्ष थिए  ।

पाल्पा जिल्ला तानसेन नगरपालिका–६ निवासी स्व कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षका क्रममा पटक–पटक जेल जीवन बिताएका थिए । उनको निधनबाट कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धालाई गुमाएको जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register