रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत गर्यो निस्कासन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको हो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप थियो । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई […]

Aug 27, 2024 - 07:15
 0
रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत गर्यो निस्कासन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप थियो ।

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

यसअघि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register