जनयुद्धलाई हिंसा देख्नु गलत : रेखा शर्मा

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताएकी  छन् । दाङको तुलसीपुरमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनयुद्धले ल्याएको उपलब्धीमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गतल भएको धारणा राखिन् । पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया […]

Aug 29, 2024 - 16:43
 0
जनयुद्धलाई हिंसा देख्नु गलत : रेखा शर्मा

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताएकी  छन् ।

दाङको तुलसीपुरमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनयुद्धले ल्याएको उपलब्धीमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गतल भएको धारणा राखिन् ।

पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने बताईन्। देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउनु गलत भएको उनको भनाइ छ । उनले माओवादीले दशवर्ष युद्ध लडेर ल्याएको उपलब्धीको जगमा देशको शासन व्यवस्था सञ्चालन भइरहेकाले त्यसको विरोध गर्नु औचित्यहिन भएको बताईन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register