अरविन्द केजरीवालले दिए दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौं । अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् । आम आदमी पार्टीका नेता गोपाल राईले सो जानकारी दिएका हुन् । गोपाल राईले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’ आपका शीर्ष […]

Sep 17, 2024 - 13:32
 0
अरविन्द केजरीवालले दिए दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौं । अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् । आम आदमी पार्टीका नेता गोपाल राईले सो जानकारी दिएका हुन् ।

गोपाल राईले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’

आपका शीर्ष नेताको जेल यात्राले आतिशीलाई खुल्यो मुख्यमन्त्रीको बाटो, यस्तो छ विगत

उनले थप भने, ‘दिल्लीमा सरकार चलाउन आम आदमी पार्टीको विधायक दलको बिहानको बैठकमा सर्वसम्मतिले आतिशीलाई चयन गरिएको छ । आम आदमी पार्टीको तर्फबाट हामीले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई यो निर्णयको बारेमा जानकारी गराएका छौं।’

अब आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बन्नेछिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register