प्रतिपक्षलाई सुहाङको आग्रह- सरकारमा आउनुस्, देशको मुहार फेरौँ

काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले प्रतिपक्षलाई सरकारमा आउन आग्रह गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सुहाङले यस्तो आग्रह गरेका हुन् । सहमति र सहकार्यबाटै देशको मूल समस्या हल हुने उल्लेख गर्दै उनले भने, “म प्रतिपक्षतर्फ फर्किएर भन्न चाहन्छु- आउनुस् । सरकारमा आउनुस्, देशलाई उज्यालोतर्फ डोर्‍याऔँ । मिलेर समस्याको समाधान […]

Sep 10, 2024 - 11:39
 0
प्रतिपक्षलाई सुहाङको आग्रह- सरकारमा आउनुस्, देशको मुहार फेरौँ

काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले प्रतिपक्षलाई सरकारमा आउन आग्रह गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सुहाङले यस्तो आग्रह गरेका हुन् ।

सहमति र सहकार्यबाटै देशको मूल समस्या हल हुने उल्लेख गर्दै उनले भने, “म प्रतिपक्षतर्फ फर्किएर भन्न चाहन्छु- आउनुस् । सरकारमा आउनुस्, देशलाई उज्यालोतर्फ डोर्‍याऔँ । मिलेर समस्याको समाधान गरौँ र इतिहासले सुम्पेको जिम्मेवारी पूरा गरौँ । देशको मुहार फेरौँ ।”

२००७, ०४६ देखि ०७२ सम्म आउँदा सहमति र सहकार्यबाटै काम भएको उल्लेख गर्दै उनले पुन: सहमति र सहकार्यकै आवश्यकता रहेको औँल्याए । “अहिले नकारात्मकता र निराशाको भाष्य सिर्जना खोजिएको छ । मलाई दु:ख लागेको छ । नेतृत्व गर्नेहरू सबै खराब हुँदैनन् । यो निराशालाई चिर्नका लागि पनि सबै मिल्नुपर्छ,” उनले भने, “पुन: सहमति र सहकार्यबाटै हामी अगाडि जानुपर्छ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन सबैको अभिभारा रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register