नाटक ‘अनिदा रात’ : जाजरकोट र रुकुम पश्चिमको ग्रामीण क्षेत्रमा मञ्चन हुँदै (तस्वीरहरू)

काठमाडौं । ”शिल्पी नाट्य यात्रा २०८१” अन्तर्गत शिल्पी थिएटरले नाटक ‘अनिदा रात’ भदौ २१ गतेदेखि असोज १७ गतेसम्म देशका विभिन्न २६ स्थानमा मञ्चन गर्ने भएको छ । निर्देशक पवित्रा खड्काको निर्देशनमा तयार पारिएको यस नाटकले २०८० सालमा भूकम्प गएको जाजरकोट र रुकुम पश्चिममा विभिन्न २६ स्थानमा मञ्चन गर्दै स्थानीय दर्शकहरूलाई रङ्गमञ्चको अनुभव प्रदान गर्ने र […]

Sep 5, 2024 - 11:37
 0
नाटक ‘अनिदा रात’ : जाजरकोट र रुकुम पश्चिमको ग्रामीण क्षेत्रमा मञ्चन हुँदै (तस्वीरहरू)

काठमाडौं । ”शिल्पी नाट्य यात्रा २०८१” अन्तर्गत शिल्पी थिएटरले नाटक ‘अनिदा रात’ भदौ २१ गतेदेखि असोज १७ गतेसम्म देशका विभिन्न २६ स्थानमा मञ्चन गर्ने भएको छ ।

निर्देशक पवित्रा खड्काको निर्देशनमा तयार पारिएको यस नाटकले २०८० सालमा भूकम्प गएको जाजरकोट र रुकुम पश्चिममा विभिन्न २६ स्थानमा मञ्चन गर्दै स्थानीय दर्शकहरूलाई रङ्गमञ्चको अनुभव प्रदान गर्ने र जनचेतना जगाउने लक्ष्य राखेको छ ।

शिल्पीका निर्देशक घिमिरे युवराजका अनुसार नाट्य यात्राको मुख्य उद्देश्य कला, संस्कृति का साथै नाटकलाई ग्रामीण स्तरसम्म पुर्‍याउनु हो ।

नाटक ’अनिदा रात’ले ग्रामीण समाजका विभिन्न आयामहरू, मानव सङ्घर्ष, सामाजिक असमानता, र व्यक्तिका जीवनका मानसिक द्वन्द्वहरूलाई प्रस्तुत गर्दछ । शिल्पी थिएटरले यो  पटक मुक्त रङ्गमञ्च मार्फत थप प्रभावकारी रूपमा स्थानीय समस्या स्थानीय दर्शकहरूसम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

नाटकमा ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, सुशीला विश्वकर्मा, अनुप तिमिल्सिना, पूजा विश्वकर्मा, धनराज सुनार, सुमित भण्डारी, र भूमिका परियारको अभिनय रहेको छ ।

यस नाट्य यात्रा अन्तर्गत नाटकको मञ्चन जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा हुने हुँदा त्यस क्षेत्रका ग्रामीण समुदायका लागि यो रंगमञ्चीय अनुभव विशेष रहने नाटक निर्देशक खड्का बत्ताउँछिन् ।

तस्वीरहरुः-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register