इजरायलको एक संग्राहलयमा राखिएका ३५०० वर्ष पुराना भाँडा फुटे

काठमाडौं । इजरायलको संग्राहलयमा शुक्रबार (२३ अगष्ट) का दिन चार वर्षको बच्चाको गल्तीले ३५०० वर्ष पुरानो भाँडो फुटेको छ । यो घटना इजरायलको हाइफा विश्वविद्यालयमा रहेको हेक्ट संग्रहालयको हो। बीबीसीका अनुसार, एलेक्स आफ्नो चार वर्षीय छोरासँग संग्रहालय घुम्न आएका थिए। यहाँ उनका छोराले गल्तीले एक प्राचीन भाँडो खसालिदियो, जसले गर्दा त्यो भाँडो फुट्यो। एलेक्सले भने, […]

Aug 30, 2024 - 03:07
 0
इजरायलको एक संग्राहलयमा राखिएका ३५०० वर्ष पुराना भाँडा फुटे

काठमाडौं । इजरायलको संग्राहलयमा शुक्रबार (२३ अगष्ट) का दिन चार वर्षको बच्चाको गल्तीले ३५०० वर्ष पुरानो भाँडो फुटेको छ । यो घटना इजरायलको हाइफा विश्वविद्यालयमा रहेको हेक्ट संग्रहालयको हो।

बीबीसीका अनुसार, एलेक्स आफ्नो चार वर्षीय छोरासँग संग्रहालय घुम्न आएका थिए। यहाँ उनका छोराले गल्तीले एक प्राचीन भाँडो खसालिदियो, जसले गर्दा त्यो भाँडो फुट्यो।

एलेक्सले भने, ‘मेरो छोरो हेर्न चाहन्थ्यो कि भाँडो भित्र के छ भनेर। त्यसैले उसले भाँडो तान्ने प्रयास गर्यो, जसले गर्दा त्यो खस्यो। त्यसपछि मैले त्यहाँको सुरक्षा अधिकारीलाई यसबारे बताएँ ।’

त्यो भाँडो कांस्य युगको थियो

संग्रहालयका कर्मचारीहरूले भने कि यो भाँडो कांस्य युगको हो । जुन राजा सोलोमनको समयभन्दा पहिलेको हो। यो लगभग २२ सय देखि १५ सय ईसा पूर्वको बीचमा बनेको मानिदै आएको थियो। यसको विशेषताहरू प्राचीन कनानसँग सम्बन्धित वस्तुहरूसँग मेल खान्छन्। यो क्षेत्रमा हाल इजरायल र प्यालेस्टाइनका भागहरू पर्छन्।

कर्मचारीहरूले भनेका छन् –भाँडोको प्रयोग रक्सी र जैतुनको तेल ल्याउनका लागि गरिन्थ्यो। प्रायः उत्खननको क्रममा भेटिने भाँडाहरू फुटेका वा अधुरा हुन्छन्। यो भाँडो सही सलामत भेटिएको थियो, त्यसैले धेरै बहुमूल्य थियो।

यसलाई संग्रहालयको मुख्य गेट नजिकै राखिएको थियो। यद्यपि यो भाँडोलाई फेरि मर्मत गरिनेछ, तर यो पहिलेको जस्तो हुने छैन।

हेक्ट संग्रहालयमा कलाकृतिहरू बिना शीशा राखिन्छन्

हेक्ट संग्रहालयमा सबै पुरातात्विक वस्तुहरू शीशा बिना नै राखिन्छन्। संग्रहालयकी जनरल निर्देशक डा.इनबाल रिवलिनले बताइन् –यसको संस्थापक डा. रुबेन हेक्टले यो चलन सुरू गरेका थिए। उनको मान्यता थियो कि यसरी मान्छेहरूले ऐतिहासिक वस्तुहरू नजिकबाट अनुभव गर्न सक्छन्।

डा. रिवलिनले भनिन् –कतिपय अवस्थामा वस्तुहरूलाई जानाजानी क्षति पुर्याइन्छ। यस्ता घटनाहरूमा कारबाही गरिन्छ। तर, यो अवस्थामा यस्तो थिएन। बच्चा र उसको परिवारलाई पुनः संग्रहालय घुम्नका लागि बोलाइएको छ।

धेरै संग्रहालयहरूमा यस्ता घटनाहरू भइसकेका छन्

संसारभरका धेरै संग्रहालयहरूमा यस्ता घटनाहरू भइसकेका छन्। न्यूयोर्क शहरको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा २०१० मा एक महिला पिकासोको पेन्टिङसँग ठोक्किएकी थिइन्। यस्तै अर्को घटनामा, शाङ्घाई म्यूजियम अफ ग्लासमा २०१६ मा एक बच्चाले एक मूर्तिलाई तानेर खसालेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register