कति छ बलिउडका सबैभन्दा धनी शाहरुख खानको सम्पत्ति ? 

काठमाडौँ । बलिउडका सबैभन्दा धनी स्टार शाहरुख खानको सम्पत्ति ७ हजार करोड भारतीय रुपैयाँ रहेको पाइएको छ । हुरुन इन्डिया रिच लिस्ट २०२४ अनुसार खानको कुल सम्पत्ति ७ हजार ३ सय करोड भारतीय रुपैयाँ रहेको पाइएको हो ।  योसँगै शाहरुख खान भारतीय फिल्म इन्डस्ट्री (बलिउड)मा सबैभन्दा धनी स्टार बनेका छन् ।  खानलाई फिल्म मात्र नभएर […]

Aug 30, 2024 - 03:11
 0
कति छ बलिउडका सबैभन्दा धनी शाहरुख खानको सम्पत्ति ? 

काठमाडौँ । बलिउडका सबैभन्दा धनी स्टार शाहरुख खानको सम्पत्ति ७ हजार करोड भारतीय रुपैयाँ रहेको पाइएको छ । हुरुन इन्डिया रिच लिस्ट २०२४ अनुसार खानको कुल सम्पत्ति ७ हजार ३ सय करोड भारतीय रुपैयाँ रहेको पाइएको हो । 

योसँगै शाहरुख खान भारतीय फिल्म इन्डस्ट्री (बलिउड)मा सबैभन्दा धनी स्टार बनेका छन् । 

खानलाई फिल्म मात्र नभएर उनको आईपीएल टिम कोलकत्ता नाइट राइडर्स र रेड चिलीजमा भएको होल्डिङ मूल्यका कारण पनि उनी सर्वाधिक धनी स्टाको नम्बर १ मा परेका हुन् । यसका अवाला शाहरुख खान स्टारमध्ये मात्रै नभएर भारतका धनी व्यक्तिको सूचीमा समेत परेका छन् । 

हुरुन इन्डिया रिच लिस्टका अनुसार बलिउडमा सर्वाधिक धनी स्टारको दोस्रो सूचीमा जुही चावला छिन् । चावलाको कुल सम्पत्ति ४ हजार ६ सय करोड भारतीय रुपैयाँ रहेको छ । त्यसपछि तेस्रो स्थानमा २ हजार करोड भारतीय रुपैयाँसहित ऋतिक रोशन छन् ।

त्यस्तै, चौथो स्थानमा १६ सय करोड भारतीय रुपैयाँसहित अमिताभ बच्चन रहेका छन् भने पाचौँ स्थानमा मालिक जोहार रहेका छन् । जोहारको सम्पत्ति १४ सय करोड भारतीय रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register