शुक्रबार डलर, युरो र पाउण्डको मूल्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर, कतारी रियाल, युरो र बेलायती पाउण्ड घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ भने युरो […]

Aug 30, 2024 - 03:19
 0
शुक्रबार डलर, युरो र पाउण्डको मूल्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर, कतारी रियाल, युरो र बेलायती पाउण्ड घटेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ भने युरो एकको खरिद दर १४८ रुपैयाँ ५८ पैसा र बिक्री दर १४९ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६६ पैसा र बिक्री दर १७७ रुपैयाँ ४५ पैसा पुगेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register